|  

बयानका लागि सर्वोच्चमा सिधाकुराका प्रकाशक कँडेल र सम्पादक ढुंगाना

२० बैशाख, काठमाडौं । सिधाकुरा डटकम अनलाइनका प्रकाशक युवराज कँडेल र कार्यकारी सम्पादक नवीन ढुंगाना बयानका लागि सर्वोच्च अदालत पुगेका छन् ।

अदालतको अवहेलन मुद्दामा सर्वोच्चले उनीहरुलाई बयानका लागि उपस्थित हुन आदेश गरेको थियो । अदालतको आदेशपछि उनीहरु बयान दिन बिहीबार सर्वोच्च पुगेका हुन् ।

सिधा कुराले अनलाइन र युट्युबमा प्रशारण गरेको ‘द डार्क फाइल’ नामक सामाचार सामग्रीले सर्वोच्च अदालतको अवहेलना भएको भन्दै सर्वोच्च अदालतले स्वतः संज्ञानमा लिएर आइतबार सिधाकुरा डटकमविरुद्ध मुद्दा दायर गरेको थियो । उक्त मुद्दामा सोमबार न्यायाधीशहरू नहुकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले कँडेल र ढुंगानालाई बयानका लागि बोलाउने आदेश गरेको थियो ।

सर्वोच्चका न्यायधिशद्वय डा नहकुल सुवेदी र टेकप्रसाद  ढुंगानाको इजलासले दिएको आदेश बमोजिमको ‘द डार्क फाइल’का सबै सामग्री हटाएर प्रकाशक र सम्पादक बयानका लागि सर्वोच्च पुगेका हुन् ।