|  

पर्यटन क्षेत्र सरकारको उच्च प्राथमिकतामाः प्रधानमन्त्री प्रचण्ड

२० बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समृद्धिले नै विकासका बहुआयामिक सम्भावनाहरुको नेतृत्व गर्ने बताएका छन् ।

आज काठमाडौंमा जाउँ हिँड रेसुङ्गा अभियानको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । प्रधानमन्त्री दाहालले रेसुंगा धार्मिक, ऐतिहासिक, पौराणिक, सांस्कृतिक र पर्यटकीय सम्पदा भएको बताए । सानो लगानीमा राम्रो प्रतिफल हासिल गर्ने क्षेत्र पर्यटन भएकाले पर्यटन क्षेत्रलाई सरकारले उच्च प्राथमिकतामा राखेको जानकारी दिए ।

सरकार सुशासन, सामाजिक न्याय र समृद्धिको लक्ष्यसहित अघि बढिरहेको प्रचण्डको जिकिर छ । उनले गुल्मी जिल्ला र रेसुंगा क्षेत्र समृद्धिको प्रचुर सम्भावना बोकेको क्षेत्र भएको बताए । उनले पर्यटन क्षेत्रको विकासमा तीन तहकै सरकारको भुमिकालाई थप प्रभावकारी बनाउन आवश्यक रहेको बताए । निजी, गैरसकारी तथा सामुदायिक क्षेत्रसँगको सहकार्यमा अझै पर्यटन क्षेत्रलाई अझै बिस्तार गर्न आवश्यक रहेको बताए ।