|  

देशभर धेरै जसो इन्टरनेट सेवा ‘डाउन’

२० बैशाख, काठमाडौं ।  देशभरका इन्टरनेट सेवामा समस्या देखिएको छ । बिहीबार दिउँसोदेखि इन्टरनेटमा समस्या देखिएको हो । वर्ल्डलिंक, भायनेट, सुबिसुलगायत इन्टरनेट सेवा प्रदायकको इन्टरनेट ‘स्लो’ हुने, चल्दै नचल्ने समस्या देखिएको छ । 

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले इन्टरनेट सेवा प्रदायकले ब्यान्डविथ आयात गरेबापत भारतीय कम्पनीलाई तिर्नुपर्ने रकम तिर्न सिफारिस गरिएको छैन । 

बिहीबार करिब ४ बजेदेखि उत्पन्न भएको सेवा हालसम्म समाधान हुन सकेको छैन । कतिपय सेवाग्राहीले इन्टरनेट चल्न नसकेको बताएका छन् भने कतिपयले चाहिँ चलेको भएपनि सुस्त गति रहेको बताएका छन् ।