काठमाडौं, २० बैशाख। नेपाल र भारत बीच सार्वजनिक लेखा परीक्षणका क्षेत्रमा सहकार्य गर्ने सम्झौता भएको छ ।
भारतका महालेखापरीक्षक गिरिश चन्द्र मुर्मु र नेपालका महालेखा परीक्षक तोयामा रायबीच यससम्बन्धी एमओयू सम्झौतामा हस्ताक्षर भएको हो ।
यसले सार्वजनिक लेखा परीक्षणका पद्धति र समग्र लेखमा विशेष फाइदा पुग्ने विश्वास दुवै पक्षको छ।
मुर्मु नेपाल भ्रमणमा रहेका बेला बिहीबार काठमाडौंमा सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।