|  

डीभीको नतिजा आज आउँदै !

२२ बैशाख, काठमाडौं ।अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा (डीभी) को नतिजा आज (शनिबार) राति आउँदै छ ।

अमेरिकी प्रशासनका अनुसार शनिबार राति पौने १० बजे डीभीको परिणाम सार्वजनिक हुन लागेको हो । यसअघि डिभी भर्दा आएको कम्फर्मेसन कोड नम्बरका आधारमा अमेरिकामा जाने चिट्ठा प¥यो कि परेन भन्ने थाहा हुने अमेरिकन डीभी शाखाले जानकारी दिएको छ ।

 https://dvprogram.state.gov मा गएर आफ्नो कन्फरमेसन नम्बर राखी नतिजा हेर्न सकिने दूतावासले जनाएको छ । नतिजा हेर्न आवेदन भर्दा प्रयोग गरेको आफ्नो इमेल ठेगाना समावेश गर्नुपर्छ ।