|  

सुदूरपश्चिमका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

२२ बैशाख, काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज विश्वासको मत लिने भएका छन् ।

सो प्रयोजनका लागि प्रदेशसभा बैठकको बैठ अपराह्न साढे ५ बजेका लागि बोलाइएको छ ।यसअघि हिजोका लागि बोलाइएको बैठक मुख्यमन्त्री सोडारीकै अनुरोधमा आजका लागि सारिएको थियो । सोडारी  वैशाख ६ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए। विश्वासको मत लिन उनलाई जेठ ५ गतेसम्मको समय छ ।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा मुख्यमन्त्रीले विश्वासको मतका लागि २७ सांसद आवश्यक पर्छ ।प्रदेशसभामा नेपाली कांग्रेसका १८, माओवादी केन्द्रका सभामुखसहित ११, एमालेका ११, नागरिक उन्मुक्तिका ७, एकीकृत समाजवादीका ४, राप्रपाका एक र एक स्वतन्त्र सांसद छन् ।