|  

राप्रपा अध्यक्ष लिङ्देनद्वारा ८९ औँ पटक रक्तदान

२२ बैशाख, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले ८९ औँ पटक रक्तदान गरेका छन् ।

उनले पार्टी निकट युवा सङ्गठनले पार्टी केन्द्रीय कार्यालय काठमाडौंमा आयोजना गरेको रक्तदान कार्यक्रममा प्रमुख अतिथिका रूपमा पुगेका लिङ्देनले ८९औँ पटक रक्तदान गरेका हुन् ।

उनले रगत दिएर अरूको जीवन बचाउने जस्तो महत्त्वपूर्ण कार्यमा आफू रमाउनले गरेको धारणा राखे । रक्तदान गर्दै उनले भने,‘म नियमित रक्तदाता हो । आज मेरो ८९ औँ पटकको रक्तदान हो ।’