|  

प्रतिपक्षको काम नै समीकरण भत्काउने भइसक्योः  प्रचण्ड

२२ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्काल सत्ता गठबन्धन भत्कने अवस्थामा नरहेको बताएका छन् ।

शनिबार काठमाडौँमा माओवादी केन्द्रको संसदीय दलको बैठकलाई संशोधन गर्दै प्रचण्डले सत्तापक्ष र प्रतिपक्षका कतिपय बाटोमा आन्तरिक अन्तर्विरोध गम्भीर रहे पनि गठबन्धन भत्कने अवस्थामा नरहेको बताएका हुन् । ‘प्रतिपक्षको काम भनेको समीकरण भत्काउने भइसक्यो ।

तत्काल अहिलेको यो समीकरण भत्काउन सक्ने स्थिति देखिँदैन । तर सत्ता पक्ष र प्रतिपक्षका कतिपय बाटोहरूमा आन्तरिक अन्तर्विरोध भने गम्भीर प्रकारको देखिन्छ ।’ उनले भने ।

अध्यक्ष प्रचण्डले संसद् बैठक सुचारु गर्नका लागि विपक्षी दलहरूसँग संवाद जारी राखेको बताएका छन् । यसको निकासका लागि छिट्टै सर्वदलीय बैठक बोलाउन लागेको जानकारी गराएका छन् ।