|  

वेस्ट इन्डिज ‘ए’विरुद्ध नेपाललाई चौथो सफलता

२२ बैशाख, काठमाडौं । टी-२० शृङ्खला अन्तर्गत अन्तिम खेलमा वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपालले चौथो सफलता हात पारेको छ।

अविनाश बोहराले ३३ रन बनाएका रोस्टन चेसलाई आउट गरेका हुन् । उनले वेस्ट इन्डिजका रोस्टन चेसलाई ३३ रनमा आउट गरे । यसअघि सागर ढकालले पहिलो ३ विकेट लिए।

वेस्ट इन्डिजले ३-१ ले शृङ्खला आफ्नो पक्षमा पारिसकेको छ । पहिलो खेल नेपालले ४ विकेटले जितेको थियो । त्यसपछि भने नेपालले लगातार तीन खेल गुमाउन पुग्यो ।