|  

पत्रकारको सुरक्षामा सरकारले सोच्नुपर्ने बेला आयोः कानुनमन्त्री गिरी

२२ बैशाख, काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले श्रमजीवि पत्रकार ऐन कार्यान्वयनमा आफूले सक्दो पहल गर्ने आश्वासन दिएका छन् ।

आज काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले सो कुरा बताएका हुन् । उनले मिडिया काउन्सिल लगायतका मिडियासँग सम्बन्धित कानूनहरु छिटो पारित गराउन पनि आफूले विशेष ध्यान दिने बताए । उनले नेपाली मिडियाले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा राजनीतिक दलहरुसँगै महत्वपूर्ण योगदान पुर्‍याएको उल्लेख गर्दै त्यसको संस्थागत विकासमा पनि उत्तिकै चनाखो भएर लाग्नुपर्ने खाँचो औँल्याए ।

मन्त्री गिरीले पत्रकारहरुको सामाजिक सुरक्षाका विषयमा पनि सरकारले विशेष ढंगले सोच्नुपर्ने बेला आएको बताए ।