|  

सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ हुँदै

२३ बैशाख, काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको बलात्कारसम्बन्धी मुद्दामा उच्च अदालत पाटनमा आज सुनुवाइ हुँदैछ ।

उच्च अदालत पाटनमा आजका लागि पेशी तोकिएको छ । यसअघि न्यायाधीशद्वय धीरबहादुर चन्द र चन्द्रमणि ज्ञवालीको संयुक्त इजलासले मुद्दालाई ‘हेर्न नभ्याइने’ सूचीमा राखेको थियो । जिल्ला अदालत काठमाडौंले बलात्कार मुद्दामा दोषी ठहर गरेपछि त्यसविरुद्ध लामिछाने उच्च अदालत पाटन पुगेका थिए ।

उनले जिल्लाको फैसला बदर गर्दै उच्च अदालतबाट सफाइ पाउनुपर्ने माग गरेका छन् । जिल्ला अदालत काठमाडौंले एक युवती बलात्कारको आरोपमा सन्दीपलाई ८ वर्ष कैदको फैसला गरेको थियो। जिल्लाले जाहेरीकर्ता भने बालिग रहेको ठहर गरेको थियो।