|  

पाकिस्तानमा ६० वर्षयताकै भिषण वर्षा !


२३ बैशाख, काठमाडौं ।  पाकिस्तानमा ६० वर्षयताकै भिषण वर्षा भएको छ । सन् १९६१ पछि सबैभन्दा धेरै वर्षा गत अप्रिलमा रेकर्ड भएको त्यहाँको मौसम विभागले जनाएको छ ।

विभागका अनुसार गएको अप्रिल महिनामा सामान्यभन्दा दुई गुणा बढी ५९ दशमलव तीन मिलिमिटर वर्षा भएको स्रोतले जनाएको छ । यो सामान्य औसत २२ दशमलव पाँच मिलिमिटरभन्दा ‘अत्यधिक’ रहेको पाकिस्तानको मौसम विज्ञान विभागले जनाएको छ ।

भारी वर्षाका कारण चट्याङ र घर भत्किँदा कम्तीमा एक सय ४४ जनाको ज्यान गएको छ । सबैभन्दा धेरै वर्षा दक्षिणपश्चिम प्रान्त बलुचिस्तानमा औसतभन्दा चार सय ७३ प्रतशित धेरै भएको रेकर्ड गरिएको छ ।