|  

​​​​​​​डडेल्धुरामा ट्याक्टर दुर्घटनाः २ जनाको मृत्यु,२ जना घाइते

२३ वैशाख, काठमाडौं । डडेल्धुरामा गय राति ट्याक्टर दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ ।

जिल्लाको नवदुर्गा गाउँपालिका-४ सिरोडको भित्री सडकमा बागमती प्रदेश ०१-००१क ९६५१ नम्बरको ट्याक्टर दुर्घटना भएको थियो । दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । दुर्घटनामा धादिङको गजुरी गाउँपालिका-७ का ४० वर्षीय चालक धिरज थापामगर र बनीघाट रोराङ गाउँपालिकाका २७ वर्षीय विष्णु विकको मृत्यु भएको छ । उनीहरूको उपचारका क्रममा डडेल्धुरा अस्पतालमा मृत्यु भएको थियो ।

त्यस्तै घाइतेहरुको पनि सोही अस्पतालमा उपचार भइरहेको छ । घाइते हुनेमा धादिङको बेनीघाट रोराङ गाउँपालिकाका ३१ वर्षीय सुदीप विक र डडेल्धुरा नवदुर्गा गाउँपालिका-४ का २८ वर्षीय हिक्मत विक रहेका छन् ।