|  

सन्दीपको मुद्दा हेर्न नमिल्ने सूचीमा

२३ बैशाख, काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा परेको छ ।

लामिछानेको मुद्दा पाटन उच्च अदातदतका मुख्य न्यायाधीश नृपध्वज निरौला र दुर्गाप्रसाद ढुङगेलको इजलासमा पेशी तोकिएको थियो ।  पेशी तोकिए पनि यो मुद्दा हेर्न नमिल्ने सूचीमा परेको हो ।

जबर्जस्ती करणी मुद्दामा जिल्ला अदालत काठमाडौंबाट दोषी ठहर भएका लामिछाने पुनरावेदनका गत फागुन १० गते उच्च अदालत पाटन गएका थिए ।

जिल्ला अदालतले जबर्जस्ती करणी मुद्दामा लामिछानेलाई दोषी ठहर गर्दै आठ वर्षको कैद सजाय सुनाएको छ ।