|  

मोबिल खन्याउने क्रममा आगो सल्किदा एकैपरिवारका ५ जना घाइते

२३ बैशाख, काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिका-१७ स्थित बाफलमा एक टहरोमा आगलागी भएको छ ।

आगलागीका कारण एकैपरिवारका पाँचजना घाइते भएका छन् । घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । आगलागीबाट घाइते हुनेमा एक दम्पती, उनीहरूका दुई छोरी र भतिज रहेका छन् । घाइते सबैको किष्ट अस्पतालमा उपचार भइरहेको छ । शरीरको अधिकांश भाग जलेर गम्भीर घाइते भएका बालिकासहित ३ जना आईसीयूमा उपचाररत रहेको प्रहरीले जनाएको छ ।

टहरोमा ड्रममा पुरानो मोबिल भरेर राखिएको र उक्त मोबिल खन्याउने क्रममा आगो सल्किएको बताइएको छ । आगो भने लगभग नियन्त्रमा आइसकेको छ ।