|  

दक्षिणी ब्राजिलमा भारी वर्षा, ५८ जनाको मृत्यु

२३ बैशाख, काठमाडौं ।  ब्राजिलको दक्षिणी भागमा बाढी र पहिरोका कारण ५८ जनाको मृत्यु भएको र ७४ जनाभन्दा बढी घाइते भएका छन् ।यसबाहेक ७० हजारभन्दा बढी मानिसले आफ्नो घर छाड्नुपरेको छ ।

साथै ६७ जना बेपत्ता रहेको बताइएको छ । ब्राजिलको रियो ग्रान्डे डो सुल राज्यको पोर्टो एलेग्रे सहर बाढीका कारण सबैभन्दा बढी प्रभावित भएको छ । रियो ग्रान्डे डो सुलमा आएको हावाहुरीका कारण तीन सय नगरपालिका प्रभावित भएका छन् ।ब्राजिलको रियो ग्रान्डे डो सुल राज्यमा वर्षाका कारण बाँध भत्किने खतरा छ ।

पानीको बहावका कारण सडकहरु भत्किएका छन् भने पुलहरु बगेका छन् ।शहरबाट बग्ने गुआबा नदी ५.०४ मिटरको रेकर्ड उचाइमा छ, जुन १९४१ पछि सबैभन्दा उच्च हो ।  अविरल वर्षाका कारण सहरका ३ भन्दा बढी जलविद्युत बन्द भएका छन् । जसका कारण सहरमा पिउने पानीको अभाव छ । ५ लाख जनताले पिउने पानी पाएका छैनन् ।