२३ बैशाख, काठमाडौं । हुम्लामा ४५ दिने आधारभूत कम्प्युटर तालिम सम्पन्न भएको छ ।
‘उद्यम गरौँ स्वरोजगार बनौँ, सीप सिकौँ रोजगार बनौँ’ भन्ने नाराका साथ सञ्चालन भएको ४५ दिने तालिम लक्ष्मी मल्टिमिडियाको आयोजना र उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयको आर्थिक सहयोगमा बेरोजगार युवायुवतीका लागि कम्प्युटर आयोजना गरिएको थियो।
सिमकोट, खार्पुनाथ र सर्केगाड गाउँपालिकाका २४ युवती र दुई युवा गरेर २६ जनालाई कम्प्युटर तालिम प्रदान गरिएको छ ।