|  

प्रहरीका दुई डीआईजीको बढुवा रोकिएको रोकियै

२३ बैशाख, काठमाडौं । नेपाल प्रहरीका दुई डीआईजी बढुवा सिफारिस भए पनि अहिलेसम्म बढुवा हुन सकेका छैनन ।

वैशाख ३ मा गृह मन्त्रालयका सचिव अध्यक्ष रहेको बढुवा सिफारिस समितिले डीआईजी उमेशराज जोशी र भीमप्रसाद ढकाललाई एआईजी बढुवाका लागि सिफारिस गरेको थियो । त्यसपछि मन्त्रिपरिषदले उनीहरुको बढुवाको निर्णय गर्नुपर्नेमा अहिलेसम्म हुन नसकेको हो । १० देखि १९ वैशाखसम्म प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर इन्टरपोलको महासभामा भाग लिन फ्रान्सको लियोनमा रहे । महानिरीक्षक फ्रान्स गएको कारण देखाएर बढुवा नगरेको भए पनि उनी फर्केको एक हप्ता भइसक्यो । कुँवर नेपाल फर्केपछि एक पटक मन्त्रिपरिषद बैठक बसिसकेको छ, तर उक्त बैठकमा एआईजी बढुवाले प्रवेश नै पाएन ।

अहिले बढुवा सिफारिसमा परेका एआईजी र डीआईजीहरुको हकमा उजुरी पनि परेको छैन । उजुरी परे पनि १५ दिनभित्र टुंग्याउनुपर्ने व्यवस्था प्रहरी नियमावलीमा छ । तर उजुरी नपर्दा पनि उनीहरुको बढुवा रोकिएको रोकियै छ ।