|  

रविले दिए सचिवालयलाई पूर्णताः प्रमुखमा डा.देवकोटा नियुक्त

२३ बैशाख, काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने आफ्नो सचिवालय प्रमुखको जिम्मेवारी डा.भरतमणि देवकोटालाई सुम्पेका छन् ।

रविले सचिवालय प्रमुखमा बलियो प्रोफाइल भएका सुशासन विज्ञ डा.देवकोटालाई भित्र्याएका हुन् । उनलाई सहसचिव सरहको सेवा सुविधा पाउने गरी ४ दिनअघि नियुक्ति दिइएको थियो । कानूनतः लामिछानेले सरकारी सेवा सुविधा पाउने गरी आफ्नो सचिवालयमा ११ जनासम्म कर्मचारी नियुक्त गर्न सक्छन् । उनले उक्त कोटामा नियुक्ति गर्दै सचिवालयलाई पूर्णता दिन लागेका हुन । अहिले ७ जना सचिवालयमा कार्यरत छन ।

डा. देवकोटाले काम थालिसकेका छन् । उनीसँग अन्तर्राष्ट्रिय संस्था सेभ द चिल्ड्रेनमा दुई दशकभन्दा बढी काम गरेको अनुभव छ । उनले थुप्रै देशमा सेभ द चिल्ड्रेनको कन्ट्री डाइरेक्टरको जिम्मेवारी निभाएका थिए । उनी अहिले राष्ट्रिय स्वतन्त्र पार्टीको अनुशासन आयोगका प्रमुख थिए । रविको सचिवालयमा तानिएपछि सचिवालयमा कार्यवाहक प्रमुखको जिम्मेवारी यज्ञमणि न्यौपानेलाई दिइएको छ ।