|  

प्रचण्ड र ओलीले गरे रविसँग लामो छलफलः संसदीय छानविन समिति बन्नाल त ? 

२३ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओलीले र गृहमन्त्री रवि लामिछानेबीच आज छलफल भएको छ ।

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरुबीच करिब तीन घन्टा लामो छलफल भएको हो । लामिछाने समेत मुछिएको सहकारी ठगीका घटनामा संसदीय छानविनको माग नेपाली कांग्रेसले गरिरहेको अवस्थामा लामो छलफल भएको छ । शनिबार प्रधानमन्त्री प्रचण्डले संसदीय समिति बन्न सक्ने बताएका छन । तर, लामिछानले आफ्नो नाममा जिबी राईले सहकारीबाट पैसा निकालेर हिनामिना गरेको प्रष्टीकरण दिदै आएका छन । संसदीय समिति नबने नेपाली कांग्रेसले संसद चल्न नदिने अडान लिएको छ । यसबाट बजेट नै प्रभावित हुने भएपछि सत्तारुढ दलका नेताहरुबीच लामो छलफल भएको हो ।