|  

राष्ट्रपतिद्वारा खाद्य गुणस्तरसम्बन्धी विधेयक प्रमाणीकरण

२३ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक आइतबार प्रमाणीकरण गरेका छन् ।

संघीय संसद्का दुवै सदनको बैठकबाट पारित भई उक्त विधेयक प्रमाणीकरणका निम्ति राष्ट्रपतिसमक्ष पेस गरिएको थियो । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम विधेयक प्रमाणीकरण गरेका राष्ट्रपतिको कार्यालयले जानकारी गराएको छ ।

null