|  

नेप्सेमा दोहोरो अंकको गिरावट, ३ अर्ब ७९ करोडको कारोबार

२३ बैशाख, काठमाडौं ।  साताको पहिलो कारोबार दिन आइतबार नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ। आज नेप्से २४.५८ अंकले घटेर १९७४.३७ विन्दुमा झरेको छ ।

आज ३१६ कम्पनिको ९७ लाख ६२ हजार ८०३ कित्ता सेयरको ३ अर्ब ७९ करोड ५७ लाख ४८ हजार २९६ रुपैयाँमा खरिदबिक्री भएको छ। आज दुई समूहको उपसूचक बढ्दा ११ समूहको उपसूचक घटेको छ।

आज दोल्ती पावरको सेयर सर्वाधिक ९.५६ प्रतिशतले बढेको छ भने साधना लघुवित्त वित्तीय संस्था र समता घरेलु लघुवित्त  वित्तीय संस्थाको ८.७२ प्रतिशले बढेको छ। त्यस्तै आज पिपुल्स पावरको सबैभन्दा बढी ९।९२ प्रतिशतले घटेको छ भने सिंगाटी हाइड्रोको ७.५५ प्रतिशतले घटेको छ ।

त्यसैगरी आज कारोबार रकमका आधारमा नेपाल फाइनान्स शीर्षस्थानमा रहेको छ। आज नेपाल फाइनान्सको १२ करोड  ६४ लाख मूल्य बराबरको सेयर खरिदबिक्री भएको छ । त्यस्तै हिमालयन डिस्टिलरीको ११ करोड ९० लाख मूल्य बराबरको सेयर कारोबार भएको छ।