|  

 सभामुखलाई संसद् बैठकमै देखायो कालोझण्डा

२३ बैशाख, काठमाडौं ।  गण्डकी प्रदेशसभाका सभामुख कृष्ण धिताललाई संसद् बैठकमै कालोझण्डा देखाइएको छ । कांग्रेस सांसदहरुले कालोझण्डा देखाएका हुन् । सभामुखले असंवैधानिक बाटोबाट मुख्यमन्त्रीलाई बहुमत पुगेको घोषणा गरेका भन्दै कालोझण्डा देखाएर विरोध गरेका हुन् । 

मुख्यमन्त्री अधिकारीले ३० मत पाएका थिए । प्रदेशसभामा ६० सांसद छन् । बहुमतका लागि ३१ सिट चाहिन्छ । तर सभामुखले ३० लाई नै बहुमत घोषणा गरिदिएका हुन् ।

मुख्यमन्त्रीलाई एमालेका २२, माओवादी केन्द्रका ७ जना र स्वतन्त्र सांसद राजीव गुरुङले विश्वासको मत दिएका थिए भने प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका २७ जना सांसद विपक्षमा उभिएका थिए।