|  

उपेन्द्र यादवलाई छोड्ने यी हुन् ७ सांसद !

२३ बैशाख, काठमाडाैँ । प्रतिनिधि सभामा १२ सिट रहेको जनता समाजवादी पार्टी नेपाल फुटेको छ । 

जसपा नेपाल फुटाएर सांसद अशोक राई नेतृत्वमा प्रस्तावित नाम जसपासहित ७ सांसद हस्ताक्षर बुझाउनेसहितका प्रक्रियामा निर्वाचन आयोग पुगेका हुन् । 

नेकपा एमाले र नेकपा माओवादी केन्द्रसहितको सत्ता गठबन्धनमा वन तथा वातावरण मन्त्रीको जिम्मेवारी नवलकिशोर साह सुडीसमेत विभाजनतिर लागेका छन् ।

अन्य आकांक्षीहरू प्रदीप यादव र राजकिशोर यादवलाई जिल्याउँदै उपेन्द्र यादवसँगै मन्त्री बनेका सुडी अहिले पार्टी विभाजनतिर लागेका छन् ।


सुडी उपेन्द्र यादवकै गृहजिल्ला सप्तरी क्षेत्र नम्बर १ बाट प्रतिनिधित्व गर्छन् । यसअघि नेपाली कांग्रेसको समेत समर्थनमा पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुँदा वन तथा वातावरण मन्त्री बनेका वीरेन्द्र महतो पनि पार्टी विभाजनको पक्षमा उभिएका छन् ।

नयाँ दलतिर को को ?

१. अशोककुमार राई (वरिष्ठ नेता)

२.नवलकिशोर साह (वन तथा वातावरणमन्त्री)

३. हसिना खान

४. रञ्जु ठाकुर

५. प्रदीप यादव

६. वीरेन्द्र महतो

७. सुशीला श्रेष्ठ