|  

प्रधानमन्त्रीसहित शीर्ष नेतासँग छलफल गर्दै सभामुख घिमिरे 

२४ बैशाख, काठमाडौं । सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरूसँग छलफल गर्ने भएका छन्। भोलि बिहान साढे ११ बजे सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा छलफल तय भएको हो ।

छलफलका लागि  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनबोलाइएको छ ।

संसदको बर्खे अधिवेशन यही वैशाख २८ गतेदेखि सुरू हुँदैछ । अधिवेशन सुरू हुनुअघि नै सहमति प्रयासका लागि सभामुखले शीर्ष नेतालाई बोलाएका हुन् ।