|  

आइपिएलमा आज मुम्बई र सनराइजर्स भिड्दै

२४ बैशाख, काठमाडौं ।  आइपिएलमा अन्तर्गत आज एक खेल हुदै छ । आज मुम्बई इण्डियन्स र सनराइजर्स हैदरावादबीच खेल हुदै छ । मुम्बईस्थित वान्खडे स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति ७: ४५ बजेदेखि शुरु हुने छ ।

जारी आइपिएलमा मुम्बई इण्डियन्सको खराब प्रदर्शन रहेको छ । अहिलेसम्म ११ खेलमा ८ खेलमा हार बेहोरेको मुम्बईको केवल ६ अंक रहेको छ र अंक तालिकामा पुछारमा रहेको छ । मुम्बई प्लेअफको दौडबाट बाहिरिइसकेको छ ।

त्यस्तै सनराइजर्स हैदरावादले १० खेलमा ६ जित र ४ हारसहित १२ अंक हासिल गरेको छ र अंक तालिकामा चौथो स्थानमा रहेको छ ।

मुम्बई इण्डियन्स यस सिजनमा हार्दिक पाण्डेयको कप्तानीमा खेलिरहेको छ र राम्रो शुरुवात गर्न सकेको छैन ।