|  

कांग्रेस सभापति देउवाले गरे आपूर्ति तथा उपभोक्ता विभागमा १० सदस्य मनोनयन

२४ बैशाख, काठमाडाैँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आपूर्ति तथा उपभोक्ता विभागमा १० जना सदस्य मनोनीत गरेका छन् ।

पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित)को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य गुरू बराल प्रमुख रहेको उक्त विभागका सदस्यहरू मनोनयन गरेका हुन् ।

विभागको सदस्यमा मनोनयन हुनेहरूमा फुलकुमार लालवाणी - मोरङ, मनोहरि तिवारी - काठमाडौं, पदमबहादुर रावल - मुगु, प्रेमलाल महर्जन - ललितपुर, देवीका नेपाली - दाङ, किरण भगत - सप्तरी, महेन्द्र काफ्ले - तेह्रथुम, निर्मला सुवेदी - रौतहट, तपेन्द्रबहादुर शाह - अछाम र माधव तिमिल्सिना - काठमाडौं रहेका छन् ।