|  

डढेलो निभाउने क्रममा जलेर ओखलढुंगामा आमाछोराको मृ#त्यु

२४ बैशाख, काठमाडाैँ ।  खरबारीमा लागेको डढेलो निभाउने क्रममा ओखलढुंगा सदरमुकामस्थित सिद्धिचरण नगरपालिका-२ मा आमाछोराले ज्यान गुमाएका छन् ।

डढेलोमा जलेर सिद्धिचरण नगरपालिका-१० बेतिनी निवासी ५५ वर्षीया पुण्यमाया धमला र उनका १६ वर्षीय छोरा कञ्चन धमलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बालिष्टार सिंहले बताए ।

खरबारीबाट आएको डढेलोबाट खरको थुप्रो जोगाउने क्रममा उनीहरू जलेका हुन् । घटनाबारे अनुसन्धान भइरहेको सिंहले जानकारी दिए ।

घटनालाई लिएर नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले दु:ख व्यक्त गरेका छन् । ‘ओखलढुंगाको सिद्धिचरण नगरपालिका-१० बेतिनीस्थित बाहुनडाँडाको खरबारीमा लागेको डढेलो निभाउने क्रममा ५५ वर्षीय पुण्यमाया धमला र उनका छोरा १६ वर्पीय कञ्चन धमलाको घटनास्थलमै आगलागी भएर मृत्यु भएको खबरले स्तब्ध छु’, उनले भनेका छन्, ‘ओखलढुंगाका विभिन्न ठाउँमा आगलागी भइरहेकाले नियन्त्रणका लागि स्थानीय जनसमुदाय, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीबल जुट्दा पनि नियन्त्रणबाहिर गएकोले सजग पनि रहन अनुरोध गर्दछु ।’