|  

सभामुखले आज प्रधानमन्त्रीसहित शीर्ष दलका नेतासँग छलफल गर्ने

२५ बैशाख, काठमाडौं । सभामुख देवराज घिमिरेले प्रमुख दलका शीर्ष नेताहरूसँग छलफल गर्ने भएका छन् ।

छलफलका लागि सभामुखले आज बिहान साढे ११ बजे सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा प्रधानमन्त्री पुष्पकमल दाहाल, ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई बोलाएका छन् ।

संसद्को वर्षे अधिवेशन सुरु हुनुअघि नै सहकारी प्रकरणमा सहमतिको प्रयासका लागि सभामुखले शीर्ष नेताहरूसँग छलफल गर्न लागेका हुन् ।