|  

डडेल्धुरामा चट्याङले एकै परिवारका तीन घाइते, घर पूर्ण रूपमा नष्ट

२५ बैशाख, काठमाडौं । डडेल्धुरामा घरमा चट्याङ लाग्दा तीन जना घाइते भएका छन् भने घर पूर्ण रूपमा जलेर नष्ट भएको छ ।

सोमबार बेलुका परेको चट्याङले अमरगढी नगरपालिका–३ कोटेउडाका देवराज पाण्डेय, उनकी श्रीमती चन्द्रावतीदेवी पाण्डेय, छोरा दिपेश पाण्डेय घाइते भएका हुन्।घाइते तीनै जनाको अवस्था सामान्य रहेको छ। तर, उनीहरूको घर भने पूर्ण रूपमा नष्ट भएको छ।