|  

मुम्बइसँग हैदरावाद ७ विकेटले पराजित

२५ बैशाख, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा मुम्बई इन्डियन्सले सनराईजर्स हैदराबादलाई हराएको छ ।

गएराति भएको खेलमा मुम्बईले हैदरावादलाई ७ विकेटले हराएको हो । हैदराबादले दिएको १ सय ७४ रनको लक्ष्य मुम्बईले १७ ओभर २ बलमै ३ विकेट गुमाएर भेटायो ।

टस हारेर पहिला ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ८ विकेट गुमाएर १ सय ७३ रन बनाएको थियो । उसका ट्राभिस हेडले सर्वाधिक ४८ रन जोडे । जितपछि मुम्बई १२ खेलमा ८ अङ्कसहित नवौँ स्थानमा छ । हैदराबाद ११ खेलमा १२ अङ्कसहित चौथो स्थानमा छ ।