|  

स्वदेश फर्किनासाथ प्रधानमन्त्री भेट्न बालुवाटार पुगेर स्वास्थ्यमन्त्री यादव 

२५ बैशाख, काठमाडौं ।  उपप्रधानमन्त्री एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादव प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् ।

पार्टी विभाजन पछिको परिस्थितिबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गर्न उनी बालुवाटार पुगेका हुन् ।

उपप्रधानमन्त्री यादव विदेश भ्रमणमा रहेका बेला उनी नेतृत्वको जसपा आइतबार फुटेको थियो ।