|  

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

२५ बैशाख, काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा ८०० रुपैयाँले बढेको हो । आज छापावाल सुन प्रतितोला १ लाख ३६ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता तेजाबी सुन १ लाख ३५ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।त्यसैगरी, आज चाँदी तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १६ सय ७५  रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।