|  

संसद‍्मा बोल्न पाउँ भन्दै गृहमन्त्रीले दिए सभामुखलाई निवेदन 

२५ बैशाख, काठमाडौं ।  उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले संसद‍्मा बोल्न पाउँ भन्दै सभामुख देवराज घिमिरेलाई अनुमति माग्दै निवेदन दिएका छन् ।

संसद‍्मा उत्पन्न गतिरोधका कारण आकस्मिक, शून्य र विशेष समयमा उठेका विषयको जवाफ सम्बन्धित मन्त्रीले सात दिनभित्र सदनमा दिनु पर्नेछ भन्ने प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १५ को उपनियम २ मा उल्लेख भएको व्यवस्थाको उल्लङ्घन हुन गएकोप्रति ध्यानाकर्षण गराएका छन् । 

गृहमन्त्री लामिछानेले आगामी वर्खे अधिवेशनमा संसदमा जवाफ दिने वातावरण मिलाउनका लागि आग्रह गरेका हुन । 

r