|  

मुख्यमन्त्री जम्कट्टेल नर्भिक अस्पताल भर्ना

२५ बैशाख, काठमाडौं ।  बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई काठमाडौं ल्याइएको छ । अहिले उनलाई काठमाडौंको नर्भिक अस्पतालमा भर्ना गरिएको छ । उनको प्रेसर कम भएको र अक्सिजन लेभल कम देखिए पछि उनलाई उपचारका लागि नर्भिक अस्पताल पुर्याइएको हो । 

मुख्यमन्त्री जम्कट्टेल रामेछापको मन्थली नगरपालिका-३ स्थित लिफ्टिङ खानेपानी आयोजनाको उद्घाटन गर्न जाँदै गर्दा बेला अस्वस्थ भएका हुन् ।

मुख्यमन्त्री जम्कट्टेल अस्वस्थ भएका पछि उनलाई हेलिकोप्टरबाट काठमाडौं ल्याइएको हो ।


यस अघि उनको सुनकोशी गाउँपालिकाको खाल्टेस्थित आत्मीय सामुदायिक अस्पतालमा प्राथमिक उपचार गरिएको थियो ।