|  

नेपालका लागि विश्व बैंकले स्वीकृत ग¥यो पौने ११ अर्ब ऋण 

२५ वैशाख, काठमाडौं । विश्व बैंकले नेपालका लागि १० अर्ब ६९ करोड रुपैयाँ अमेरिकी डलर बराबरको विकास नीति ऋण स्वीकृति गरेको छ ।

विश्व बैंकको कार्यकारी निर्देशक बोर्डले नेपाललाई वित्तीय क्षेत्रको स्थायित्व बढाउन, वित्तीय साधनको विविधीकरण र वित्तीय सेवामा पहुँच बढाउन यो सहायता प्रयोग गरिने भएको छ । यो सहायता परिचलानबाट नेपालको बैंकिङ तथा बीमा क्षेत्रको सुदृढीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । महिला उद्यमीलाई केन्द्रित गर्दै प्रविधि र वित्तीय साक्षरताका कार्यक्रमहरू सञ्चालनमा यो सहायता उपयोग हुने विश्व बैंकले जनाएको छ ।

यो परियोजनाले नेपालको हरित, लचिलो र समावेशी विकासलाई समर्थन गर्ने भन्दै नेपाल, श्रीलंका र नेपालका लागि विश्व बैंकका निर्देशक फारिस हदाद जेर्भोसले नेपालको आर्थिक वृद्धिमा समेत सहायता उपयोगी सावित हुने बताएका छन् ।