|  

सदनको अवरोध हट्ने आधार तय भएकाे सभामुखको विश्वास

२५ बैशाख, काठमाडौं । सभामुख देवराज घिमिरेले अब बस्ने प्रतिनिधि सभाको बैठकमा कुनै अवरोध नहुने विश्वास व्यक्त गरेका छन् ।

प्रधानमन्त्रीसहित दलका शीर्ष नेताहरुबीचको छलफलपछि सदनको गतिरोध हटाउन आजको बैठकले महत्त्वपूर्ण भूमिका खेलेको बताए । उनले भने, ‘आजको बैठकले २८ गतेबाट सुरु हुने अधिवेशन रोकतोकबिना अगाडि जाने आधार तयार भएको छ ।  चल्दैन भन्ने शंका गर्नुपर्ने आधार देखेको छैन ।’
उनले राजनीतिक दलहरू संसदलाई समस्या गरेर अगाडि बढ्नेतर्फ लाग्ने जिकिर गरे ।