|  

वर्तमान गठबन्धनको साथ नछोड्ने जसपा उपेन्द्र पक्षको निर्णय

२५ बैशाख, काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले अहिलेको गठबन्धन छाड्नेबारे नसोचेको बताएको छ ।

पार्टी कार्यालय बालकुमारीमा आज बसेको जसपा नेपालका नेताहरुको बैठकले पार्टीले गठबन्धन छाड्न लागेको भन्ने हल्लामात्रै भएको जनाएको हो । बैठकपछि जसपा नेपालका प्रवक्ता मनिष सुमनले मिलेर चल्नुपर्ने मतादेश अनुसार नै जसपा नेपाल सरकारमा सहभागी भएको भन्दै अहिलेको गठबन्धनलाई आगामी निर्वाचनसम्म रहनुपर्छ भन्नेमा स्पष्ट रहेको र विकल्पको बारेमा नसोचेको बताए । उनले पार्टी महाधिवेशनमा पराजित हुने डरले अहिले नै पार्टी फुटाएको आरोप लगाए । प्रवक्ता सुमनले केहि व्यक्तिहरुले पार्टी छाडेपनि त्यसले पार्टीलाई धेरै असर नपर्ने दाबी गरे । उनले आफूहरुकै नेताले घरमा आगो लगाएर पार्टी छाडेको भन्दै यसको कसैलाई दोष नदिने बताए । यद्यपी पार्टी बिभाजनमा ठूलै शक्तिको हात रहेको उनको भनाइ छ ।