|  

गृहमन्त्रीविरुद्ध संसदीय समिति गठन असम्भव : महेश बर्तौला

२५ बैशाख, काठमाडौं ।  एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले सहकारी रकम अपचलन प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय समिति गठन गर्ने विषय असम्भव भएको बताएका छन् । 

तर, उनले समग्र सहकारीपीडितका समस्या समाधान गर्न तथा उनीहरुले न्याय पाउनुपर्छ भन्ने कुरामा समिति बनाउने कुरा भने स्वीकार्य भएको बताए । 

मंगलबार सभामुख देवराज घिमिरेले दलका शीर्ष नेताहरूसँग गरेको छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै बर्तौलाले भने, ‘ कांग्रेसले उपप्रधान एवं गृहमन्त्रीलाई मात्रै लक्षित संसदीय छानबिन समितिको माग गर्ने कुरा सम्भव छैन ।’

उनले समग्र सहकारी पीडितले न्याय पाउनुपर्छ भन्ने कुरामा संसदीय छानबिन समिति बनाउन कुनै असहमति नरहेको स्पष्ट पारे ।