|  

प्रतिनिधि सभाको बैठकमा सबै दलका शीर्ष नेताहरूको सम्बोधन 

२५ बैशाख, काठमाडौं । आगामी प्रतिनिधि सभाको बैठकमा सबै दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने भएका छन् ।

प्रतिनिधि सभाको बैठक यहि वैशाख २८ गते बस्ने तय भएको छ । एमालेका प्रमुख सचेतक महेश बर्तौलाले उक्त बैठकमा सबै नेताहरूले बोल्ने जानकारी दिए । साथै उनले उपप्रधान तथा गृहमन्त्रीमाथि सहकारी प्रकरणको छानबिन गर्नको लागि समिति बनाउने विषयमा अझै दलहरुबीच कुरा मिल्न नसकेको समेत जानकारी दिए । उनले गृहमन्त्रीलाई मात्रै लक्षित गरी कांग्रेसको संसदीय छानबिन समितिको माग गर्नेकुरा सम्भव नरहेको बताए ।

आज सभामुख देवराज घिमिरेले संसदको गतिरोध हटाउन राखेको बैठक बोलाएका थिए । तर काँग्रेस संसदीय छानविन समिति बनाउनुपर्ने आफ्नो मागमा अडिग नै रहेको छ ।