|  

एक वर्षभित्र नेपाली ब्रान्डकै विद्युतीय गाडी उत्पादन गरिने

२५ वैशाख,काठमाडौं । कोशी एनके मोटर्स प्रालिले एक वर्षभित्र विराटनगरबाट नेपाली ब्रान्डको विद्युतीय सवारी साधन उत्पादन गर्ने तयारी थालेको छ ।

चीनको स्यामन गोल्डेन ड्रागन अटोबडी कम्पनीसँग विद्युतीय गाडी उत्पादनका लागि सम्झौता गरेको कोसी एनके मोटर्सले एक वर्षभित्र ठूला बस उत्पादन गर्ने तयारी गरेको हो । प्रालि अध्यक्ष टीकाराम पुरीले एक वर्षभित्रै उत्पादन सुरु गर्ने गरी फास्ट ट्रयाकबाट काम गर्ने बताए । उनले सुरुमा विद्यालय तथा कलेज प्रयोजनका सवारीसाधन उत्पादन हुने र त्यसपछि क्रमशः सबै किसिमका उत्पादन गर्ने लक्ष्य रहेको बताए ।

चिनियाँ कम्पनीले प्राविधिक सहयोग गर्ने भएपनि सम्पूर्ण लगानी भने कोसी मोटर्सले नै गर्ने जिकिर गरे । नेपालमा उत्पादन हुने सवारीसाधन नेपाली ब्रान्डकै हुने उनको भनाई छ । नेपालमा सबै किसिमका सवारीसाधन उत्पादन गर्ने लक्ष्यसहित वैशाख १७ मा कोसी एनके मोटर्स र चीनको स्यामन गोल्डेन ड्रागन अटोबडीबीच सम्झौता भएको थियो ।