|  

सुनिल पौडेललाई ९ वर्ष कैद र २३ करोड २७ लाख जरिवाना

२५ बैशाख, काठमाडौं । विशेष अदालतले भुक्तानी प्रणालीमा भ्रष्टाचार ठहर भएका नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेललाई ९ वर्ष कैद सजाय सुनाएको छ ।  नेशनल पेमेन्ट गेटवे खरिदमा भएको भ्रष्टाचारमा दोषी ठहर भएका पौडेललाई अदालतले ९ वर्ष कैद हुने सजाय गरेको हो ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले मंगलबार उक्त फैसला गरेको हो ।

उनलाई २३ करोड २७ लाख बिगो र त्यति नै जरिवाना हुने फैसला समेत भएको छ ।