|  

धेरै समय मौनतामा बसी आफूलाई अन्धकार मा राखी रहे : सन्दीप लामिछाने

२५ बैशाख, काठमाडौं । बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौँको फैसलाविरुद्ध उच्च अदालत पाटनमा पुनरावेदन गरेका क्रिकेटर सन्दीप लामिछानेले फेरि एकपटक आफू निर्दाेष रहेको आफूलाई फसाइएको बताएका छन्। 

जिल्ला अदालत काठमाडौँबाट ८ वर्ष जेल सजाय सुनाइएका उनले आफू धेरै समय मौनतामा बसी रहें, आफूलाई अन्धकार मा राखी रहेकाे  बताएका हुन्।

म निर्दोष छु र मेरो निर्दोषितामा विश्वास र सहानुभूति राख्नेहरूसँग म जीवनभर ऋणी रहने छु। फेरि पनि मेरो यो खुला चुनौती हो ती तथाकथित अभियन्ताहरूलाई सक्नुहुन्छ भने प्रमाणित गर्नुहोस्– मेरो र गौशाला २६ बीच जुनसुकै सम्बन्ध चाहे जबर्जस्ती वा अनुचित प्रभावबाट सम्बन्ध भएको होस्। यदि म दोषी देखिन्छु भने मलाई फाँसी होस् मेरो लागि ८ वर्षले पुग्दैन, फाँसी नै सही हुनेछ’, उनले लेखेका छन्, ‘म त फसेँ, बोलेकै भरमा, अब अरू कोही नफसोस्, बिन्ती छ।’

उच्च अदालतले पाँच पटकसम्म पेसी तोकेर पनि मुद्दाको अन्तिम सुनुवाइ गरेको छैन। अब उनको पुनरावेदन मुद्दा सुनुवाइका लागि आगामी जेठ १ गतेलाई पेसी तोकिएको छ। यसबीच उनी भावुक भएका हुन्। 

यस्तो छ उनको स्टाटस-

धेरै समय मौनतामा बसी रहें, आफूलाई अन्धकार मा राखी रहे अनि प्रतीक्षामा पल पल बाचिरहे। मलाई थाहा छ कि जिल्ला अदालत ले गरेको फैसलामा गम्भीर त्रुटी छ, तर पनि धेरै चुप लागेर बसें। कानूनी व्ययवसायी ले भन्नुहुन्छ तिमीलाई नगरेको अपराध को दोषी बनाइएको छ, न तथ्यले न प्रमाणले न अनुसन्धानको कुनै सारभूत निचोड ले पुस्टि गर्छ। तर मैले कति सहनु? म न्याय माग्दा माग्दा सिथिल भई सके। सामाजिक संस्था र सामाजिक संजाल मा अनि झुटका न्याय का लागि लड्ने एकथरी गज्जबका आमा, दिदि हरु रहेछन अनि केही प्रभाव पार्ने पत्रपत्रिका। ति तथाकथित र भनौंदा सामाजिक अभियेंता हरूलाई मेरो यो खुल्ला चुनौती हो वहां हरुलाई मेरो र गौशाला २६ बीच जुनसुकै सम्बन्ध चाहे जबर्जस्ती वा अनुचित प्रभाव बाट भएको, तथ्य र प्रमाणले अझै साबित गर्नुहोस, यदि म दोषी देखिन्छु भने मलाई फासीमा चढाइयोस् मलाई ८ बर्षले पुग्दै पुग्दैन। तपाईं हरुको पूर्वाग्रही दबाब र योजना मैले मात्र होइन दुनिया ले बुझेको छ। म कानुनले होइन अनुमान र एकतर्फी भनाइले दोषी भएको छू, त्यो अनुमान मेरो लागि मात्र होइन, भोलि तपाईंहरूका लागि अनि सारा संसारको लागि गम्धिर दुर्घटना हुनेछ लेखीराख्नु भगवान ले हेरिरहेका छन् व्यक्तिभन्दा माथि। ति तथाकथित महिला सामाजिक अभियेंता भन्ने हरु येती स्वार्थी र अपराधि रहेछन कि जो बास्तबिक पिडित हरु हुन् तिनका लागि न बोलेको देख्छु न लेखेको, न लडेको। धिक्कार छ ति तथाकथित अभियेंताहरु जसले एउटा खोल ओडेर अर्को ब्यबसाय गर्छन। मैले एती लेखिरहदा अब केहि ले मलाई पिडित को नाटकीय त्रूप फाल्यो भनेर लेख्लान। तर झुटा आरोप जब लाग्छ नि अनि बल्ल सदबुद्धि आउला। म सानै देखि धर्म मा विश्वास गर्ने व्यक्ति हु | जो जो यो बनावटी अभियोग को अभियान मा खटिरहनु भएको छ, कानुन ले नहोला धर्मको अग्निपरिक्षा मा तपाईहरुले आफ्नो कर्म को फल भोग्नु हुनेछ। यो किन भन्दै छु भने म यो घटना को निर्दोष पात्र हु र मलाई यो घटना कसले कसरि घटाउन लगाएको राम्रै थाहा छ त्यसमा तपाईंहरूको पनि सहभागिता छ। धेरै खोल्न बाकि छ। फेरि भन्छु यो घटना घटेको होइन घटाइएको हो। बास्तबिक अनुहार आफै निस्केला म चाहि विश्वस्त छु।अन्तमा म निर्दोष छु र मेरो निर्दोशितामा विश्वास र सहानुभूति राख्नेहरूसंग म जीवन भर ऋणी रहने छु। फेरी पनि मेरो यो खुल्ला चुनौती हो ति तथाकथित अभियेंता हरुलाई, सक्नु हुन्छ भने प्रमाणित गर्नुहोस मेरो र गौशाला २६ बीच जुनसुकै सम्बन्ध चाहे जबर्जस्ती वा अनुचित प्रभाव बाट सम्बन्ध भएको होस्। यदि म दोषी देखिन्छु भने मलाई फासी होस् मेरो लागि ८ बर्ष ले पुग्दैन फासी नै सही हुनेछ। म त फसे, बोलेकै भरमा अब अरु कोही नफसोस।बिनती छ।