|  

ओखलढुङ्गामा वनमा आगो लगाएको आरोपमा दुईजना पक्राउ

२६ बैशाख, काठमाडौं ।  ओखलढुङ्गामा वनमा आगो लगाएको अभियोगमा दुईजना पक्राउ परेका छन् ।

नगरपालिका-११ को नगरपार्कमा आगो लगाएको आरोपमा २६ वर्षीय महेश बिक र २३ वर्षीय सुजन विकलाई पक्राउ गरिएको हो ।

ओखलढुङ्गा जिल्ला अदालतले अभियुक्तहरूलाई  हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई चार दिनको म्याद दिएको छ ।