|  

आजको मौसमः पहाडी र तराई क्षेत्रका केही स्थानमा वर्षा हुने

२६ बैशाख, काठमाडौं । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको  छ ।

मौसम पूर्वानुमान महाशाखाको अनुसार अहिले देशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली एक / दुई स्थानहरूमा हल्का वर्षा भइरहेको छ  ।दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहने छ । देशको पहाडी भूभागको थोरै स्थानहरूमा चट्याङ्ग र हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै तराईका एक / दुई स्थानहरूमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । आज राति देशभर आंशिक देखि साधरणतया बदली रहने छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा साथै बाँकी  प्रदेशका पहाडी भूभागका एक / दुई स्थानमा चट्याङ्ग र हावाहुरीसहित हल्का देखी मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक / दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको  छ।