|  

गौशाला २६ सँग सम्बन्ध प्रमाणित भए मलाई फासी चढाइयोस्ः सन्दीप  

२६ बैशाख, काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले आफ्नो र गौशला २६ बीचको जुनसुकै सम्बन्ध दोषी देखिए फासी नै चढाउँन भनेका छन् ।

लामिछानले सामाजिक सञ्जालमा एक पोष्ट लेख्दै यस्तो बताएका हुन् । पछिल्लो समय उच्च अदालतमा उनले पुनरावेदन गरेको मुद्दाको सुनवाई स्थगित हुँदै आएपछि सन्दीपले सामाजिक सञ्जालमा आफू निर्दोष रहेको बताउँदै आएका छन् ।

उनले कथित अभियन्ताहरूमाथि आक्रोशसमेत पोख्दै भनेका छन्, ‘तथाकथित अभियन्ताहरूलाई मेरो यो खुल्ला चुनौती हो, मेरो र गौशाला २६ बीच जुनसुकै सम्बन्ध, चाहे जबर्जस्ती वा अनुचित प्रभावबाट भएको होस् । तथ्य र प्रमाणले साबित गर्नुहोस्। म दोषी देखिन्छु भने फासीमा चढाइयोस्, मलाई ८ वर्षले पुग्दै पुग्दैन ।’