|  

कम्युनिष्टहरू कब्जाको शैलीमा अघि बढेः देउवा

२६ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पछिल्ला राजनीतिक गतिविधिहरूले कम्युनिष्टहरू कब्जाको शैलीमा अघि बढेको बताएका छन् ।

आज सभापति देउवा निवास बुढानिलकण्ठमा गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीलगायत समूहसँग भेटघाटका क्रममा सभापति देउवाले यस्तो बताएका हुन् । उनले भनेका छन्,‘सत्तारूढ दल एमाले र माओवादी केन्द्रलाईलक्षित गर्दै सभापति देउवाले ‘पछिल्ला केही गतिविधिले कम्युनिष्टहरू कब्जाको शैलीमा अघि बढेको संशय पैदा भएको देखिएको छ ।’

यस्तै, देउवाले सहकारी प्रकरणमा आफ्नो अडान यथावत रहेको जानकारी पनि गराएका छन् । सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको भन्दै कांग्रेसल निरन्तर आवाज उठाउँदै आएको बताए ।