|  

असारभित्र त्रिविले पुरानो नतिजाहरू प्रकाशित गर्ने

२६ बैशाख, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले पुराना परीक्षाको नतिजा असारभित्र प्रकाशित गर्ने भएको छ । केही विषयमा परीक्षा भएर पनि लामो समयदेखि नतिजा प्रकाशन हुन नसकेको अवस्थामा त्रिविले असार मसान्तभित्रमा सबै नतिजा प्रकाशित गरिसक्ने बताएको हो ।

त्रिविका रजिस्ट्रार प्राडा केदारप्रसाद रिजालले पुरानो नतिजा असारभित्र प्रकाशित गर्नेगरी तयारी गरिएको बताए ।
त्रिविले एक वर्ष भन्दा बढी समय भइसक्दा पनि नतिजा प्रकाशन गर्न सकेको छैन । कर्मचारीको अभावमा नतिजा प्रकाशन गर्नमा ढिलाइ भइरहेको त्रिवि परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।