|  

बझाङमा चट्याङ लागेर तीन जना गम्भीर

२६ बैशाख, काठमाडौँ । बझाङको खप्तडछान्ना गाउँपालिका–७ गोरखालीमा चट्याङ लागेर चार जना घाइते भएका छन्।

मंगलबार साँझ आइते रावतको घरमा चट्याङ पर्दा नजिकै रहेका चार जना घाइते भएका हुन्।

बेलुदेवी खड्का, लुरी खुड्का र दुदा रावत अचेत अवस्थामा छन् भने एकिन्द खड्का सामान्य घाइते भएका छन्।

घाइतेलाई गडराय स्वास्थ्य चौकी लगिएको छ। खप्तडछान्ना गाउँपालिका अस्थायी प्रहरी पोष्ट पाटादेवलबाट प्रहरीको टोली घटनास्थलतर्फ गइरहेको प्रहरी नायव उपरीक्षक भरत शाहले जानकारी दिए।