|  

ओलीको नारा ‘गुटबन्दी मुर्दावाद’ 

२६ बैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र गुट बनाउने छुट कसैलाई नभएको बताएका छन ।

नेकपा एमाले कपिलवस्तुको १० औँ अधिवेशन उद्घाटन कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले केही स्वार्थी व्यक्ति पार्टीमा हुँदा कति धेरै क्षति पुर्यायाे भन्ने विषय सबैलाई प्रष्ट भएको बताए । पार्टीभित्र गुट बनाएर कसैलाई फाइदा नुहने भन्दै एमालेलाई गुटबन्दी स्वीकार्य नहुने प्रष्ट पारे । अहिले धेरै ठाउँमा आकांक्षी धेरै भएको विषय उल्लेख गर्दै सकेसम्म निर्वाचनभन्दा सहमतिमै नेतृत्व छान्न आग्रह गरे । उनले पार्टीभित्र सकेसम्म एकले अर्कोलाई त्यागेर अगाडि बढे पार्टीले कुनै दिन मूल्यांकन गर्नेमा विश्वस्त बनाए ।

अध्यक्ष ओलीले नेतृत्वको लागि माथिबाट कसैलाई केही आश भरोसा नदिइएको प्रष्ट पारे । उनले भनेका छन, ‘माथिबाट कसैको कसैलाई समर्थन वा विरोध हुँदैन । जसले सहमतिमा टुङ्गाउँछ वा जसले बढी भोट ल्याउँछ उसैलाई समर्थन हुन्छ, तर जित्नेले कुनै घमन्ड गर्न पाउनेछैन ।’ साथै अध्यक्ष ओलीले मिसन ०८४ सामान्य नभएको बताउँदै एमालेको बहुमत नभएकाले धेरै विकासका काम हुन नसकेकोले अब पूर्ण बहुमतका साथ तीनै तहमा सरकार बनाउने योजनामा साथ दिन आग्रह गरे ।